खुकुरी रमद्वारा सीमित कास्क शृङ्खलाको सुरूवात

  २०८१ मंसिर १० गते १२:४२     विकासन्युज

काठमाडौं । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरीजले लिमिटेड कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ ।

यो विशेष रम केवल ५२०० ओटा विशिष्ट संख्या अङ्कित बोतलहरू मात्र उत्पादन भएको छ । यो अतुलनीय गुणस्तरको मदिरा एक अद्वितीय नेपाली शिल्पकलाको उदाहरण हो जसले रमलाई उत्कृष्ट रमहरूको विश्वव्यापी नक्सामा दृढतापूर्वक समावेश गर्ने कम्पनीकाे भनाई छ । सीमित उत्पादन हुने रममध्ये १६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ । यो प्रिमियम रम नेपाली बजारमा दश हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानल मार्फत् बिक्री गरिने छ ।

कास्क रम बनाउने कला एक लगनशील यात्रा हो जसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरु हुन्छ । यी कच्चा पदार्थहरू जटिल प्रक्रियाहरू मार्फत् रूपान्तरण गरिन्छन् जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कहरूमा एजिंग गर्ने प्रक्रिया समावेश हुन्छन् । यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क एक काठको ब्यारेल हो जुन प्रिमियम मदिराहरूको एजिंगका लागि प्रयोग गरिन्छ। यी कास्कहरूले गहन एवम् सन्तुलित स्वादहरूको सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्दछ । विशेष रूपमा चारिंग (भित्रबाट डढाएका) कास्कहरूमा गरिने अद्वितीय एजिंग प्रक्रियाले यसको परिष्कृत र गाढा स्वादहरूको सिर्जना गर्दछ । विशेषगरी यस संस्करणका लागि मात्र प्रयोग गरिएको चारिंग प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद प्रदान गर्दछ । यस प्रक्रियाले रमलाई पनि स्मोकी, हल्का जलेको काठ र सूक्ष्म मसलाहरूको सुगन्धले यस रमलाई अति विशेष बनाउँछ । कास्कलाई टोस्ट र चारिंग गरिएकाले यसमा स्मोकी र वुडी स्वादहरू अनुभव गर्न सकिन्छ जबकी सटीक तापक्रम र आर्द्रता नियन्त्रणले एजिंग प्रक्रियालाई अनुकूल बनाउँछ ।

सटीक एजिंग प्रक्रियाले प्रत्येक घुट्कोमा केहि असाधारण स्वाद समेत प्रदान गर्दछ । यी सबैको परिणाम भनेको हरेक पारखीले प्राप्त गर्ने अद्वितीय स्वाद हो जुन खुकुरी कास्क शृंखलामा प्रयुक्त शिल्पकारिता र समर्पणको प्रमाण पनि हो । यद्यपि, कास्क शृङ्खलाका भावी संस्करणहरूमा अन्य कास्क एवम् प्रक्रियाहरू समावेश हुने छ ।

खुकुरी जस्तो उत्कृष्ट रम सिर्जना गरेको छ दशक भन्दा लामो अनुभव भएको नेपाल डिस्टिलरीजले सीमित खुकुरि कास्क शृंखलामा अतुलनीय विशेषज्ञता थप्नेछ । केही पुराना ब्याचहरू सहित दुर्लभ रमको भण्डारहरूबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिश रम सिर्जना गरेको छ जसले प्रत्येक बोतलमा शिल्प, कौशल र समर्पणको उदाहरण दिन्छ । आज, नेपाली परम्परा, शिल्प र कौशलको यो प्रतीक सम्पूर्ण मदिरा पारखीहरूलाई खुशी एवम् चकित पार्न तयार छ ।

‘रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ । यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो’, सीईओ रमेश कृष्णनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.