२०८१ मंसिर ११ गते ११:१५ विकासन्युज
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले १ करोड २१ लाख ८६ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नेछ ।
सो लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.