मेक्सिको, क्यानडा र चीनविरुद्ध कठोर हुँदै ट्रम्प, भारी शुल्क लगाउने वाचा

  २०८१ मंसिर ११ गते १२:५४     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएदेखि नै डोनाल्ड ट्रम्प चीनलगायत धेरै देशका लागि टाउको दुखाइको विषय बनेका छन् । हालचालै उनले क्यानडा, मेक्सिको र चीनमा भारी शुल्क लगाउने वाचा गरेका छन् ।

ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आउने सबै उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने वाचा गरेका हुन् ।

इकोनोमिक टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले चीनबाट आउने सामानमा थप १० प्रतिशत ट्यारिफ लगाउने वाचा पनि गरेका छन् । उनले जनवरी २० मा राष्ट्रपतिको रूपमा पहिलो दिन क्यानाडा र मेक्सिकोमा ट्यारिफसहित धेरै आदेशहरूमा हस्ताक्षर गर्ने जानकारी दिए ।

ट्रम्पले के भने ?

‘सबैलाई थाहा छ, हजारौं मानिस मेक्सिको र क्यानडा हुँदै आउँदैछन् । यीमध्ये अधिकांश अपराधी हुन् र अवैध रूपमा लागूऔषध ल्याइरहेका छन्,’ उनले भने, ‘ जनवरी २० मा पदभार ग्रहण गरेको पहिलो दिनमै धेरै आदेश जारी गर्नेछु । यसमा मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने आदेश समावेश हुनेछ । यसका लागि आवश्यक कागजातमा पहिलो दिनमै हस्ताक्षर गर्नेछु ।’

उनले सबै लागुऔषध र अवैध आप्रवासन नरोकेसम्म यो शुल्क लागू हुने पनि बताए।

चीनविरुद्ध झन् कडा नीति

ट्रम्पले चीनबाट ठूलो परिमाणमा लागूऔषध विशेषगरी फेन्टानिल अमेरिका पठाइँदै आएको बताए । ‘हामी चीनबाट संयुक्त राज्य अमेरिकामा आउने सबै उत्पादनहरूमा कुनै पनि अतिरिक्त करमाथि १० प्रतिशत थप ट्यारिफ लागू गर्नेछौं,’ उनले भने।

विशेषज्ञको चेतावनी

विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले यस प्रकारको कर लगाउने चेतावनी दिएका छन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ । विज्ञहरूका अनुसार भन्सार बढाएर अमेरिकामा यी वस्तुहरू महँगो मूल्यमा बिक्री हुने भएकाले त्यसको असर आम मानिसलाई पनि पर्नेछ । (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.