२०८१ मंसिर ११ गते १८:४० विकासन्युज
काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू सहभागी भएका थिए ।
माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । त्यस्तै, ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो स्थान र ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहे ।
माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स मेनेजर विजय सिंहले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.