बोनस दर सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो सूर्यज्योति लाइफ, कति दिन्छ बोनस ?

  २०८१ मंसिर ११ गते १९:४३     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । यससँगै गत वर्षको बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ पहिलो बनेको छ ।

कम्पनीको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्रधिकरणबाट समेत स्वीकृत भइसकेको छ । बीमा प्रधिकरणबाट जारी रिस्क बेस्ड क्यापिटल निर्देशिकालाई पालना गर्दै कम्पनी आरबीसी भ्यालूसन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी बन्न सफल भएको दाबी गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमा योजना र सावधिक तथा आजीवन जीवन बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर तोकेको छ । यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनाा न्यूनतम ४२ रुपैयाँदेखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनामा न्यूनतम ४५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर तोकेको छ ।

बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी सूर्यज्योति लाइफले उत्कृष्ट सेवा दिँदै आएको कम्पनीको दाबी छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने योजना सञ्चालनमा ल्याएको छ । यस्तै, आइ.एस.ओ ९००१–२०१५ द्वारा बिभूषित प्राप्त गर्ने पनि उक्त कम्पनी पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.