नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै

  २०८१ मंसिर १२ गते ७:१६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) बाट एकैपटक ११ जना संस्थापक बाहिरिने भएका छन् । एकैपटक ११ जना संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् ।

बैंकका अनुसार ११ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् ।

यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । त्यसैले सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.