२०८१ मंसिर १२ गते ११:५५ विकासन्युज
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याणविक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ ।
यस अघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमितबाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग हुने भएकोले सञ्चालकमा बस्न पाउँदैनन् ।
संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिए ।
पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि : ग्लोबल आइएमई बैंक) समूहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रूपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि सञ्चालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन्।
Copyright © 2024 Bikash Media Pvt. Ltd.