२ अर्ब रुपैयाँकाे नागरिक बचतपत्र बिक्री गर्दै सरकार, कति पाइन्छ ब्याज ?

  २०८१ मंसिर १२ गते १२:३१     विकासन्युज

काठमाडाैं । सरकारले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मसिंर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको बचतपत्र बिक्री गर्न लागेको हो ।

बिक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र निष्कासन हुनेछ । यो बचतपत्र नेपाली नागरिक (गैर-आवसीय नेपाली नागरिकसमेत) ले खरिद गर्न सक्नेछन् ।

यस बचतपत्र वार्षिक ७.५ प्रतिशत ब्याज प्राप्त हुनेछ । अर्थात कुनै पनि बैंकमा रकम मुद्दती निक्षेपको भन्दा धेरै ब्याज यस बचतपत्रमा पाइने देखिन्छ । हाल बैंकको औसत निक्षेप व्याजदर ६ प्रतिशत मात्र रहेको छ ।

ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ । यो बजतपत्र कम्तीमा १० हजार रुपैयाँको आवेदन दिनु पर्नेछ । बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले निशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।

यो बचतपत्र धितो राखी कर्जा लिन पनि सकिने छ । यसका साथै कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजारमा बेच्न पनि सकिने छ । अर्थात आफूले चाहेको बेला बचतपत्र बिक्री गरेर साँवाव्याज रकम प्राप्त गर्न सकिने छ ।

यो बचतपत्र खरिद गर्नका लागि कार्यालयको वेबसाइटमा गएर इन्भेष्टमेन्ट पोर्टलबाट आवेदन दिन सकिने छ । आवेदन दिँदा प्रत्येक कागजात ५ एमबीभन्दा कमको हुनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम बराबर निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकाले खण्डित अवधिको ब्याज रकम भुक्तानी कार्यालयले जनाएको छ ।

सरकारले आन्तरिक ऋण उठाउने एक माध्यमको रूपमा बचतपत्र उपकरणको प्रयोग गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.