नेशनल साइबर ओलम्पियाडको चौथो संस्करण पुस १५ गतेदेखि सुरु

  २०८१ मंसिर १२ गते १३:०२     विकासन्युज

काठमाडौं । नेशनल साइबर ओलम्पियाड– २०८१ () को चौथो संस्करणको आयोजना हुने भएको छ । ओलम्पियाड आगामी पौष १५ गतेदेखि काठमाडौंमा हुन लागेको हो ।

यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढी स्कूलका टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकका अनुसार कार्यक्रममा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता हुनेछ, जसमा सहभागी हुने स्कूलले पौषको ५ गते सम्म दर्ता गर्नुपर्ने छ ।

आयोजकले अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यसअघि २०७१, २०७२, २०७३ र २०७९ मा सफल रूपमा आयोजना भइसकेको जनाएको छ ।

प्रतियोगितामा तीन चरणमा नकआउट पद्धतिबाट सञ्चालन हुने जनाइएकाे छ ।

यसपटकको नेशनल साइबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुनेछन् । उक्त कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सीप सिक्न पाइने बताइएकाे छ ।

प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफी, मेडल तथा अन्य धेरै उपहारले सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता‍ माघको ७ गते सम्पन्न हुनेछ ।

सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिने यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.