अर्थतन्त्र अझै लयमा फर्किन सकेन, उद्योगहरू ३५ प्रतिशत क्षमतामा सीमित: अध्यक्ष अग्रवाल

  २०८१ मंसिर १२ गते १३:३७     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आन्तरिक अर्थतन्त्र अझै लयमा आउन नसकेको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले विदेशी विनिमय सञ्चित बढ्दा बाह्य क्षेत्र राम्रो भए पनि अन्तरिक अर्थतन्त्र लयमा नरहेको उनले बताए ।

मागको कमी हुँदा आन्तरिक अर्थतन्त्र अझै लयमा आउन नसकेको उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालका अनुसार मागको कमीका कारण अझै पनि उद्योगहरूले आफ्नो क्षमताको ३५/३५ प्रतिशत क्षमतामा मात्र सञ्चालनमा भएका छन् । माग कमी भएकै कारण बैंकमा तरलता थुप्रिएको भन्दै उनले बैंकका तरलता थुप्रिँदा अर्थतन्त्र विस्तार हुन नसक्ने र रोजगारी पनि सृजना हुन नसक्ने बताए ।

यस्तै, मागमा आएको कमीका कारण सरकारले राजस्व पनि लक्षअनुसार संकलन गर्न नसकेको उनको भनाइ छ ।

विगतमा मागलाई संकुचन गर्न अवलम्बन गरिएका नीतिको असर अझै पनि कायम रहेकाले त्यसलाई सुधारको आवश्यकता रहेको अध्यक्ष अग्रवालले औंल्याए ।

अर्थतन्त्र सुधारका लागि सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगमा नीति क्षेत्रलाई पनि सदस्य बनाएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.