दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

  २०८१ मंसिर १२ गते १६:५१     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।

प्रसाईंका छोरा निराजनले बुवाका तर्फबाट गैरकानुनी रूपमा हिरासतमा राखिएको र हिरासतमुक्त हुन पर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ठूलो धनराशी लगानी गरेको भन्दै कागजपत्र सार्वजनिक गरेपछि प्रसाईं पक्राउ परेका थिए । प्रहरीले उनले कीर्ते काजपत्रलाई प्रचार गरेर भ्रम छर्न खोजेको दाबी गरेको छ ।

प्रसाईंभक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ परेका थिए । प्रहरीले उनीमाथि विद्युतीय कारोबार लगायतमा अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.