२०८१ मंसिर १२ गते १९:५७ विकासन्युज
काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट पाउने भएका छन् । बैंकका कर्मचारी र ग्राहकहरूले काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिमा सेवा लिँदा शुल्कमा विशेष छुट पाउने बैंकका प्रमुख सूचना अधिकारी होम बहादुर खड्काले जानकारी दिए ।
खड्काका अनुसार सिद्धि पोली प्याथ ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा कर्मचारी र ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउने छन् । छुट दिने सम्बन्धि बैंक र सिद्धि पोली प्याथ ल्याबबीच मंसिर १२ गते सम्झौता समेत भएको छ ।
सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबका प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका हुन् ।
उक्त ल्याबले बायोकेमिस्ट्री, हेमाटोलोजी, एन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, संक्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्च प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको टेस्ट, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड जस्ता सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.