अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  २०८१ मंसिर १४ गते १४:३७     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहेव रमेश बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा डडेल्धुराको परशुराम नगरपालिकाअन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव बोहरा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

बोहराले राष्ट्रसेवकको रूपमा अहेव ओहदा/पद पाउने उद्देश्यले भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसीसमेन्ट तहको नक्कली प्रमाणपत्रहरू पेश गरेर २०७७ भाद्र ११ गते नियुक्ति लिएको अख्तियार दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.