भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन साझेदार

  २०८१ मंसिर १४ गते १७:०८     विकासन्युज

काठमाडौं । भिभोले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग नेपाल प्रिमियम लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने भएको छ । ‘हिमालयको महोत्सव’को रूपमा चिनिने यो प्रतियोगिता मङ्सिर १५ देखि पुस १ सम्म आयोजना हुँदैछ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । आईपीएल र युईएफए युरो कपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकल लिउले भने, ‘नेपालको सर्वाधिक प्रतीक्षित क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । खेलकुदको माध्यमबाट नेपाली जनतासँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो।’

प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.