२०८१ मंसिर १४ गते २०:११ विकासन्युज
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायीले आफ्नो गल्ति भएको स्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी कम्बोडियामा लगानी रहेको भन्दै सार्वजनिक गरेको कागजात सार्वजनिक गरेर गल्ति गरेको उनले स्वीकार गरेका हुन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)सँग बयान दिँदै उनले आफ्नो गल्ति भएको स्वीकार गरेका हुन् । उनले आफ्नो ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी सार्वजनिक गर्नु गल्ति भएको बयान दिएका हुन् ।
प्रसाईंले दुई साताअघि युटुबरलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । उनले सो कागजात सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले प्रसाईंविरुद्ध हालै आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान थालेको छ । पछिल्लो समय युटुबरलाई भेला पारेर उनले सरकार तथा विभिन्न व्यवसायीमाथि विभिन्न किसिमका आक्षेप लगाउँदै आएका थिए । यसअघि पनि उनी साइबर कसुरमा पक्राउ परेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.