२०८१ मंसिर १७ गते ११:४६ विकासन्युज
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री भएको छ । १४ जीवन बीमा कम्पनी (लघु जीवनसहित) ले कार्तिक मसान्तसम्म १ अर्ब ५ करोड ६७ लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन्।
वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार सबैभन्दा धेरै सन नेपाल लाइफले गरेको छ । सन् नेपालले चार महिनामा ४६ करोड ५२ लाख रुपैयाँ बढीको व्यापार गरेको हो । कम्पनीले कार्तिक महिनामा मात्रै १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
सन नेपालले वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत कार्तिक महिनामा ३२ हजार ८१ वटा पोलिसी बिक्री गरेको छ ।
यसैगरी, एसियन लाइफले २० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले कार्तिक महिनामा मात्रै ८ करोड २६ लाख रुपैयाँको व्यापार गरेको हो । कार्तिक महिनामा एसियन लाइफले १८ हजार ९०४ वटा पोलिसी बिक्री गरेको छ ।
नेपाल लाइफले ८ करोड ९६ लाख, नेसनल लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ५ करोड ३४ लाख, सूर्यज्योति लाइफले ५ करोड १७ लाख र रिलायबल लाइफले ४ करोड ३० लाख रुपैयाँ बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गरेका छन् ।
कार्तिक महिनामा नेपाल लाइफले २ करोड १६ लाख, नेसनल लाइफले २ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफले १ करोड २८ लाख, सूर्यज्योति लाइफले १ करोड २५ लाख र रिलायबल लाइफले ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत संकलन गरेका छन् ।
कुनको कति ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.