एभरेष्ट कलरले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  २०८१ मंसिर १७ गते १६:४०     विकासन्युज

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमा नै पहिलो पटक रंग उद्योगको तर्फबाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एभरेष्ट कलरले ३ करोड ९० लाख रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरको ७,८०,००० कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएकोे हो । उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले रेटिङ्ग प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.