डीआईटी सोलुसन र आदिम कलेजबीच सहकार्य हुने, विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउने

  २०८१ मंसिर १८ गते ११:४२     विकासन्युज

काठमाडौं । दुर्गा इन्फर्मेसन टेक्नोलोजी सोलुसन प्रालि (डीआईटी सोलुसन) र चाबहिलस्थित आदिम नेशनल कलेजबीच समझदारी भएको छ ।

दुईबीच सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक अनुभव, इन्टर्नशीप र रोजगारीको अवसर प्रदान गर्न सहकार्य गर्ने समझदारी भएको हो ।

शैक्षिक र व्यावसायिक क्षेत्रबीचको खाडल पुर्ने उद्देश्यले सहकार्य हुने भएको हो ।

दुवै संस्थाहरूले विद्यार्थीलाई उद्योगमै प्रयोग हुने सीपहरू सिकाउने र उनीहरूलाई रोजगारीका लागि तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।

डीआईटी सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुदीप घिमिरेले यस सहकार्यले आईटी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने बताएका छन् । आदिम नेशनल कलेजका कार्यकारी निर्देशक मीना भट्टाराईले यो सहकार्यले विद्यार्थीलाई आईटी क्षेत्रमा प्रत्यक्ष अनुभव दिलाउने र उनीहरूको करिअरमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेकी छन् ।

डीआईटी सोलुसन र आदिम नेशनल कलेजबीचको यो सहकार्यले आईटी शिक्षा र उद्योगको सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थीलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत गर्नेछ । यसले नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्तिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समझदारीका मुख्य विशेषताहरू

इन्टर्नशीप कार्यक्रम: विद्यार्थीहरूलाई संरचित इन्टर्नशीप अवसर प्रदान गरिनेछ जसले उनीहरूलाई व्यावहारिक अनुभव र प्राविधिक सीप हासिल गर्न मद्दत पुग्नेछ ।

रोजगारीका अवसरहरू: योग्य स्नातकहरूलाई रोजगारीमा प्राथमिकता दिइनेछ । विद्यार्थीको प्रदर्शन र संस्थाको आवश्यकतालाई ध्यानमा राखेर रोजगारीका अवसरहरू सिर्जना गरिनेछ ।

सीप विकास: उद्योगका विशेषज्ञहरूद्वारा तालिम र कार्यशाला सञ्चालन गरिनेछ। विद्यार्थीहरूले प्रत्यक्ष परियोजनामा सहभागी भई अनुभव बटुल्न सक्नेछन् ।

ज्ञान साझेदारी: नयाँ प्रविधि र आईटी क्षेत्रका ट्रेन्डबारे अतिथि व्याख्यान र परामर्श कार्यक्रम सञ्चालन गरिनेछ । कलेजले योग्य विद्यार्थीहरूलाई नामांकित गराउन सहयोग गर्नेछ ।

यो सहकार्यले विद्यार्थीहरूलाई के-के फाइदा ?

प्रत्यक्ष परियोजनामा अनुभव

उद्योगका विशेषज्ञहरूसँग नेटवर्किङको अवसर

रोजगारीका लागि तयार हुने व्यावसायिक सीप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.