२०८१ मंसिर १८ गते १३:२८ विकासन्युज
काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।
बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन् ।
बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ ।
यस्तै, बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् ।
उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् । उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन् ।
प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्त्वपूर्ण भूमिका खेलेकी बीबीसीले उल्लेख गरेको छ ।
उद्यमशीलतालाई वातावरणीय न्याससँग जोड्नुपर्नेमा जोड दिने उनले काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन् । वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको कम्पनी ग्रामीण र शहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.