२०८१ मंसिर १८ गते १८:१७ विकासन्युज
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन एनुअल बिजनेस रिट्रिट’ पोखरामा सम्पन्न गरेको छ ।
मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरामा सम्पन्न भएको यस कार्यक्रममा देशभरिबाट २५० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाको उपस्थिति रहेको थियो ।
प्रशिक्षक झाले सिटिजन लिडर्सहरूको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेशाप्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायत किन आवश्यक छ ? जस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल एवं कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भुषण रिमाललगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.