कुमारी बैंकको साढे २२ करोडको सेयर बिक्रीमा, १ सय रुपैयाँमा सेयर किन्ने मौका

  २०८१ मंसिर १९ गते ८:२१     विकासन्युज

काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २२ करोड रुपैयाँको सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । सो आधारमा बैंकले २२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १० लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर खरिदका लागि पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.