नर्सिङ संघ निवार्चनमा चन्द्रकला शर्माको समूहको उम्मेदवारी घोषणा, यस्ता छन् २८ बुँदे प्रतिबद्धता

  २०८१ मंसिर १९ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमिति निर्वाचन यही मंसिर २८ गते हुने भएको छ । निर्वाचनमा भाग लिने उम्मेदवारको नामावलीसहित संयुक्त प्रगतिशील समूहले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राध्यापक चन्द्रकला शर्माको समूहले प्रतिवद्धता सार्वजनिक गरेको हो ।

३३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएकी शर्माले लामो समयदेखि बटुलेको अनुभव काममा लगाउन अध्यक्षको उम्मेद्ववारी दिएको बताइन् । उनले अझै पनि नेपाली नर्समाथि विभिन्न किसिमका विभेद श्रम शोषण भइरहेको बताउँदै दरिलो नीति बनाएर कार्यान्वयन गर्ने बताइन् । विसं २०१८ सालमा स्थापना भई संयुक्त प्रगतिशील समूहले  नर्सहरूको पक्षमा वकालत गर्दै आइरहेकाे उल्लेख गरिन् ।

उनले नर्सिङ पेशामा आबद्ध नर्सहरूको पेशागत हकहित, अधिकार, वृति विकास, स्वच्छ शैक्षिक वातावरण निर्माणका लागि काम गर्नुपर्ने बताइन् । 

शर्माको समूहमा वरिष्ठ उपाध्यक्षमा प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसादेवी आचार्यको नाम रहेको छ । यस्तै, खुला सदस्यमा मेनुका पोख्रेल, जनजाति सदस्यमा हरिप्रसाद कोजु, आदिवासी सदस्य कला बस्याल गुरुङ, दलित सदस्यमा कोपिला विश्वकर्मा, सदस्य मधेसीमा पासपति  जयसवाल, मुस्लिममा सेवनाज  वेगम, अनमीमा जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा रहेका छन् । यस्तै, नेपाल नर्सिङ परिषद सदस्यको लागि राधिका आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेदवारी रहेको छ । 

शर्मा समूहको प्रतिबद्धता

१. निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा को व्यवस्था गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने।

२. रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने।

३ सेवा केन्द्र र सेवा प्रवाहको प्रकृति अनुसार जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितताको लागि पहल गर्ने।

४. नर्स/ महिला कार्यरत सबै संस्थाहरूमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पहल गर्ने।

५. सम्पूर्ण नर्सिङ क्याम्पसमा सम्बन्धित विश्वविद्यालयको मापदण्ड अनुसार Nursing Faculties को व्यवस्था र वृत्ति विकास गर्न पहल गर्ने ।

६. स्कूल हेल्थ नर्स प्राेगामलाई सम्पूर्ण विद्यालयहरूमा दरबन्दी विस्तार र विद्यालय नर्सको स्थायी व्यवस्था, क्षमता र वृत्ति विकासको लागि पहल गर्ने।

७. पचास जना भन्दा बढी कामदार भएका उद्योगहरूमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने।

८. सुत्केरी भएको २ वर्ष सम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्ने।

९. मिनिमम सर्भिस स्ट्यान्डर्डअनुसार नर्स बिरामीको अनुपात कायम गर्न सरोकारवाला निकायहरूसँग पैरवी गर्ने ।

१०. शिक्षक विद्यार्थीको अनुपात, शैक्षिक क्यालेण्डर, अभ्यास तालिका र त्यसको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जोड दिने । नर्सिङका पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता अनुसार पूनः परिमार्जित गराउन पहल गर्ने ।

११. अवकाश प्राप्त नर्सहरूको क्षमता र अनुभवलाई कदर गर्दै सृजनात्मक कार्यमा सहभागी गराउन पहल गर्ने ।

१२. आन्तरिक तथा अन्तर्राष्ट्रिय तालिम र अध्ययनका अवसरहरू वृद्धिका लागि पहल र अवसरहरूको वितरणको सुनिश्चितताको लागि पहल गर्ने।

१३. नर्सहरूको दरबन्दी माग र परिपूर्ति गर्ने कुराको सुनिश्चितता गराउन दरबन्दी सृजना गर्न पैरवी गर्ने।

१४. विशिष्टीकृत योग्यता भएका नर्सहरूलाई योग्यता अनुसार दरबन्दी सृजना गरि जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापनका लागि पहल गर्ने।

१५. सेवा प्रवेशको निश्चित समय पछि योग्यता र अनुभवको आधारमा सबैको पेशागत सुनिश्चितताका लागि विशेष पहल गर्ने। दुर्गमको कारणले रोकिएको वृत्ति विकासलाई सहजीकरण गर्न पहल गर्ने।

१६. नर्सिङ शिक्षा विस्तार गर्दै नर्स प्रायाक्टिसनर विधाहरू सुरुवात गर्ने 

१७. अ.न.मी. हरुलाई विशेष कार्यक्रम अन्तरगत स्टाफ नर्स/मिडवाइफमा अध्यापन गराउन छात्रवृत्तिको व्यवस्था गर्न पहल गर्ने र स्टाफ नर्स पास गरी सकेका अ.न.मी. हरुलाई स्टाफ नर्समा पदस्थपाना गराउन पहल गर्ने।

१८. नर्सिङ संघलाई सबै प्रदेशमा विस्तार गरी प्रादेशिक नर्सिङ संघ, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समिती र स्थानीय तहमा नर्सिङ संघको एकाई निर्माण गर्ने।

१९. समय सापेक्ष प्रविधिको प्रयोग गरी इलष्लिभ क्थकतझ बाट सदस्यता लिन सकिने व्यवस्था गर्ने। स्थानीय तहसम्मनै मतदान गर्न पाउने गरी मतदान कन्द्रको विस्तार गर्ने र भ–खयतष्लन कथकतझ लागू गर्ने।

२०. सम्बन्धित कानून्, नीति निर्माणमा सम्बन्धित संस्थाका नर्सिङ पदाधिकारीको अनिवार्य सहभागिताको लागि पहल गर्ने।

२१. चिकित्शा शिक्षा आयोगमा कम्तिमा एक महाशाखा नर्सिङ निर्देशकको नेतृत्वमा हुनु पर्ने व्यवस्थाका लागि पहल गर्ने।

२२. राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र  तथा प्रतिष्ठानहरुमा कम्तिमा एकजना नर्सिङ पदाधिकारी रहने व्यवस्थाका लागि पहल पर्ने।

२३. अनुसन्धान कार्यमा नर्सहरूको क्षमता अभिवृद्धि गरी क्लिनिकल सेवा क्षेत्रमा अनुसन्धानात्मक कार्यका लागि बजेट सुनिश्चितताका लागि पहल गर्ने।

२४. नर्सिङ कर्मचारीको आन्तरिक/बाहृय सरुवा व्यवस्थापन नर्सिङ महाशाखाको अनिवार्य संलग्नता हुनु पर्ने विषयमा पहल गर्ने।

२५. नेपाल नर्सिङ संघ‍को केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौको भवन निर्माण कार्य सम्पन्न गर्ने ।

२६. कार्य क्षेत्रमा नर्सहरु माथि दुव्यवहार र हातपात भएमा ऐन बमोजिम कानुनी र पेशागत उपचारको लागि पहल गरिनेछ ।

२७. स्वास्थ्य सेवा ऐन् २०५३ अनुसार नर्सहरूको वृत्ति विकास (स्तर वृद्दि) सम्बन्धि भएका विबेधकारी र अस्पष्ट व्यवस्थाहरुलाई संशोधन गर्नका लागि तुरुन्त पहल गर्ने ।

२८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र सो अन्तर्गतका सम्बन्धित निकायहरुलाई शैक्षिक योग्यता अनुसार मात्र विज्ञापन गराउन र गर्नका लागि पैरवी गर्ने ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.