प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ, कसले बेच्यो सेयर ?

  २०८१ मंसिर २० गते १४:४४     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी बाहिरिएका छन् । सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकमा सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता सेयर थियो ।

साथै, श्यामबहादुर श्रेष्ठ र स्वेता मास्के श्रेष्ठले पनि बैंकमा आफ्नो सेयर स्वामित्व घटाएका छन् । बैंकमा श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १० लाख ६७ हजार ७६२ कित्ता र स्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत अर्थात् १२ लाख ९६ हजार ५७२ कित्ता सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष श्यामबहादुरको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता र स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता सेयर थियो ।

साथै, बैंकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीको सूचीमा थपिएको छ । रिलायबल नेपालले बैंकको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर खरिद गरेर ठूला सेयरधनीको सूचीमा थपिएको हो ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात् ३६ लाख ४५ हजार २६१ कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो वर्ष बैंकमा कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता स्वामित्व थियो ।

यस्तै, विनोदचन्द्र बरालको १.४४ प्रतिशत अर्थात् २७ लाख ८५ हजार ५०३ कित्ता सेयर लगानी रहेको छ । अघिल्लो वर्ष बैंकमा बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता सेयर थियो ।

यस्तै, बैंकमा कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशील मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता सेयर स्वामित्व छ ।

यस्तै, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८५ कित्ता, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर लगानी रहेको छ । नरेन्द्र बज्राचार्य बैंक सञ्चालक समिति सदस्य पनि हुन् ।

यस्तै, महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको ०.५६ प्रतिशत अर्थात् १० लाख ८४ हजार ५३७ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, चिरञ्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोषनारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदयमोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, डा. गजेन्द्र विष्टको १९ हजार १५९ कित्ता, प्रचण्डमान श्रेष्ठको १ हजार ८६४ कित्ता, मनोज पौडेलको १ हजार ८६४ कित्ता सेयर स्वामित्व छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सञ्जीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.