२०८१ मंसिर २३ गते १८:३८ विकासन्युज
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।
सुदूरपश्चिम प्रदेशबाट लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले मायाको चिनो प्रदान गरेका थिए ।
साथै स्किमा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।
समारोहमा सीईओले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा ‘मिट द सीईओ’ स्किम ल्याइएको र यस स्किममा छनौट हुने अभिकर्तालाई प्रदेश स्तरिय कार्यक्रम अन्तर्गत सम्मान गरिने कम्पनीको योजनाअनुरूप सुदुरपश्चिम प्रदेशबाट छनौट हुन सफल २६ जना अभिकर्ताहरूलाई सम्मान गरिएसँगै यस स्किम अन्तर्गतका सातै प्रदेशको कार्यक्रम सकिएको बताए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासालगायत विविध पक्षका बारेमा विस्तृत रूपमा छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई कम्पनीले मिट द सीईओ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.