२०८१ मंसिर २४ गते १७:०२ विकासन्युज
काठमाडाैं । चितवनमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोबाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा वृहत छलफल भएको थियो ।
छलफलमा प्रदेशहरूको संरचनाअनुसार नाडालाई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा र खुल्ला बोर्डरले पारेको समस्याहरूको विषय उठान भएको थियो ।
यस्तै, व्यवसायीहरूको पुरानो स्टकको समस्या, नाडाको इतिहासको सम्बन्धमा, नाडाको सदस्यता लिँदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनु पर्ने, नाडामा उठेको रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा, सवारी साधन आयातकर्ता र डिलरहरू बीचको समस्याका सम्बन्धमा, हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्ट्सहरूको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरूका सम्बन्धमा र चितवन अटोमोबाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरूमा क्रमबद्ध रूपमा छलफल गरिएको नाडाले जनाएको छ ।
कार्यक्रमको अन्त्यमा नाडाका निबर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए ।
कार्यक्रममा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल, निलमणी पाठक, दीपेन्द्रकुमार मिश्रा, तोयानाथ खनाल, नारायणप्रसाद पौडेल, केदार अग्रवाल, नाडाको संस्थागत सदस्य तथा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, चितवन अटोमोवाइल्स एशोसिएशनकातर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्र प्रधान, मोहन केशी, वालमुकुण्द तिवारी, विवज्ञ पिया, महेन्द्र वाग्ले, देविप्रसाद बराल, बालकृष्ण कंडेल, ज्ञानुप्रसाद न्यौपाने, राजेन्द्र भट्टराई, चिरन्जिवी अवाल, अविनाश श्रेष्ठ, किरण सापकोटा, बसन्त देवकोटा, शिवराज गिरी, कृष्णकुमार तिवारी समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, हेटौंडा अटोमोबाइल्स एशोसिएशनकातर्फबाट अध्यक्ष ऋषि ढकाल, सागर सापकोटा र दीपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो । त्यस्तै, चितवन अटोमोबाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कुल ३९ जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम सञ्ञ्चालन केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले गरेका थिए । यस किसिमका कार्यक्रमहरूले नाडा र नाडा प्रदेश एशोसिएशनहरू बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.