२०८१ मंसिर २५ गते १४:४३ विकासन्युज
काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर, एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले काठमाडौं उपत्यकाका लागि ५ जना म्यानेजर पदका लागि आवेदन माग गरेको छ । यसैगरी, भरतपुर, इटहरी, वीरगञ्ज, पोखरा, बुटवल, भैरहवा, काठमाडौं र नारायणगढका लागि १० जना एसिस्टेन्ट म्यानेजर पदका लागि आवेदन माग गरेको छ ।
यस्तै, काठमाडौं, नारायणगढ, जनकपुर, बिर्तामोड, धनगढी, बुटवल, पोखरा, लाहान, चनौलि, वीरगञ्ज, नेपालगञ्ज र भैरहवाका लागि केही संख्यामा सिनियर अफिसर र जुनियर अफिसर पदका लागि आवेदन माग गरेको कम्पनीले जनाएको छ ।
यसैगरी, उपत्यका भित्र र बाहिर रहेका शाखाका लागि केही संख्यामा सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदको आवेदन कम्पनीले माग गरेको छ ।
आवेदन अनलाइनबाट नै दिन सकिने छ । मसिंर २१ गतेबाट १५ दिनसम्म आवेदन दिन सकिने जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.