२०८१ मंसिर २५ गते २१:१५ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विधान संशोधन भएको छ । मंगलबार बसेको विशेष साधारणसभाले विधान संशोधन गर्दै अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब वरिष्ठ उपाध्यक्षका लागि पनि चुनाव हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने स्वतः अध्यक्ष बन्न पाउनेछन् । उनीपछि भन प्रत्यक्ष चुनाव हुनेछ । तर, निर्वाचित भएर आएको कार्यसमितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।
अध्यक्षको कार्यकाल पनि २ वर्षको लागि हुने व्यवस्था गरेको छ । संशोधित विधानअनुसार महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ ।
पशुपति मुर्राका अध्यक्ष रहेको बेला अर्थात् २०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । त्यही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् ।
त्यसपछिका अध्यक्ष शेखर गोल्छा र हालका चन्द्रप्रसाद ढकाल पनि वरिष्ठ उपाध्यक्ष बनेर स्वतः अध्यक्ष बनेका हुन् । महासंघको चुनाव खर्चिलो भएको भन्दै आलोचना भएपछि त्यतिखेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । तर, अहिले सो व्यवस्था हटेको हो ।
यी हुने संशोधित ५ व्यवस्था
१. कार्यकाल २ वर्षको हुनेछ । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षेकार्यकाल लागूहुनेछ ।
२. महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ तर कार्यकारिणी समितिमा १२ जना महिला
सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुनेछ ।
३. वरिष्ठ उपाध्याक्ष अन्जन श्रेष्ठ अध्यक्ष भएपछि वाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ ।
४. एकजना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्ष चयन कार्यकारिणी समितिले गर्नेछ ।
५. जिल्ला/नगर तर्फ २ जना उपाध्यक्ष रहनेछ ।
६. विधान मन्त्रिपरिषदवाट स्विकृती भएलगतै लागू हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.