नेपाल एसबिआई बैंक पनि मर्जरका लागि जोडी खोज्दै, सीएसआर खर्चले सीमा नाघ्यो

  २०८१ मंसिर २८ गते ८:०८     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालकहरूको सुविधा वृद्धि गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकको सभाले संचालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय संचालकहरूलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री वापतको मासिक खर्च वृद्धि गर्नेछ । यस्तै, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने तथा प्राप्ति गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै, सभाले बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ३९ करोड ९० लाख ५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ६.८५ प्रतिशतका दरले ७१ करोड ९२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै, गत वर्ष बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ८८ करोड ८७ लाख १५३.१८ रुपैयाँ खर्च गरेको छ । जुन कम्पनी ऐन, २०६३ ले निर्धारण गरेको सीमा नाघेकालेसो खर्च अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.