२०८१ मंसिर ३० गते १३:५६ विकासन्युज
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अब गाडीहरू नेपालमै निर्माण गर्नुपर्ने बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री दाहालले विगतमा नेपालमा गाडी बोकेर ल्याइने अवस्थाको इतिहास स्मरण गर्दै अब नेपालमै निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘विगतमा नेपालमा गाडी बोकेर ल्याइन्थ्यो । अहिले एसेम्बल गर्न पनि थालिएको छ । अब नेपालमै निर्माण गर्नुपर्छ ।’
यस्तै, मन्त्री दाहालले सरकारले भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी सरकारको भएकाले त्यसतर्फ आफ्नो ध्यान रहेको बताए ।
यस्तै, उनले अब ईभीको युग भएको उल्लेख गर्दै त्यस क्षेत्रमा पनि केही चुनौतीहरू रहेको बताए । उनले ईभीको ब्याट्रीको डिस्पोज विश्वव्यापी चुनौतीको विषय भएको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.