२०८१ पुष १ गते १३:०६ विकासन्युज
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बराबरको बोनस सेयर र ०.४२ प्रतिशत (बोनस सेयरको कर प्रयोजननार्थ) नगद लाभांश लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूले पाउने छन् ।
यसैबीच कम्पनीको वार्षिक साधारण सभा पुस २५ डाकिएको छ । उक्त साधारण सभा प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव शेषकुमार ढुंगानाले उल्लेख गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.