यी दुई हाइड्रोपावर कम्पनीले आईपीओ ल्याउँदै

  २०८१ पुष १ गते १३:१८     विकासन्युज

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड र मादमे खोला हाइड्रोपावर लिमिटेड दुवैले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएका छन् ।

आईपीओ निष्कासनको प्रस्ताव राखेर दुवै कम्पनीले वार्षिक साधारणसभा बोलाएका छन् ।

याम्बालिङ्गको साधारणसभा पुस २३ गते बिहान १० बजे होटल हार्दिक बागबजारमा र मादमे खोलाको सोही दिन, सोही स्थानमा दिउँसो २ बजे बस्नेछ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पेस हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.