दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार

  २०८१ पुष १ गते १५:२२     विकासन्युज

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा झरेको छ ।

सोमबार १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

साथै, ३०४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको २६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १८ करोड ४९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १५ करोड २३ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सबै उपसमूह राताम्मे रहेको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.