२०८१ पुष १ गते १९:३३ विकासन्युज
काठमाडौं । पुस लागेपछि कम्पनीहरू धमाधम वार्षिक साधारण सभा आह्वान गरिरहेका छन् । वार्षिक साधारण सभासँगै सेयरधनीहरूको चासो भने प्रतिफलमा हुन्छ । लगानीकर्ताहरू कुन कम्पनीले कति प्रतिफल वितरण गर्याे, कति प्रतिफल दिन सक्छ भनेर तथ्याङ्क विश्लेषण पनि गरिरहेका छन् ।
विशेषगरी पुँजी बजारका लगानीकर्ताहरूले यो समयलाई लाभांश सिजनको रूपमा लिएका हुन्छन् । त्यसैले सेयरधनीहरूले आफूले लगानी गरेको कम्पनीले गत वर्षको नाफाबाट अधिकतम प्रतिफल वितरण गरोस् भन्ने अपेक्षा गरेका हुन्छन् । पुँजी बजारमा सूचीकृत र सूचीकृत नभएका गरी हालसम्म १३१ कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका छन् ।
वाणिज्य बैंकको लाभांश
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटा बैंकले मात्रै गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका छन् ।
एभरेष्ट बैंकले चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गरेको हो ।
सिटिजन्स बैंकले चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश वितरण गरेको हो ।
ग्लोबल आइएमई बैंकले चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर, सानिमा बैंकले चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगद, प्राइम बैंकले चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश वितरण गरेका हुन् ।
नबिल बैंकले चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँको करसहित १० प्रतिशत नगद, स्ट्याण्डर्ड चार्टर्ड बैंकले चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गरेको हुन् ।
लक्ष्मी सनराइज बैंकले चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत, नेपाल एसबिआई बैंकले चुक्ता पुँजी १० अर्ब ५० करोड १ लाख रुपैयाँको ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत र सिद्धार्थ बैंकले चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँको करसहित ४ प्रतिशत नगद लाभांश लाभांश प्रस्ताव गरेका छन् ।
विकास बैंक र फाइनान्स कम्पनीको लाभांश
कामना सेवा विकास बैंकले चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँको ३ प्रतिशतका दरले १४ करोड २० लाख १० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले २३ करोड ६६ लाख ८४ हजार रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंकले बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार रुपैयाँको ९.५० प्रतिशतका दरले १० करोड ५६ लाख ७३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ५५ लाख ६१ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् ११ करोड १२ लाख ३५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ३ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
श्रीइन्भेष्टेमन्ट फाइनान्स कम्पनीले चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँको १.८६ बोनस सेयर र कर प्रयोजनका लागि ०.०९ प्रतिशत नगद गरी कुल १.९६ प्रतिशत, मन्जुश्री फाइनान्सले चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँको ६.३५ प्रतिशत नगद र आइसीएफसी फाइनान्सले चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँको ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
होटल कम्पनीको लाभांश
ओरियण्टल होटल्स लिमिटेडले चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको हो ।
सोल्टी होटलले चुक्ता पुँजी ९२ करोड ८९ लाख ५३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत र तारागाउँ रिजेन्सी होटलले चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँको ११ प्रतिशत नगद लाभांश गरेका हुन् ।
जलविद्युत कम्पनीहरूको लाभांश
सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको हो ।
माण्डु हाइड्रोपावरले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद र भगवती हाइड्रोपावरले चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् ।
साहस उर्जा कम्पनीले चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश, सुपर मादी हाइड्रोपावरले चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेका हुन् ।
मन्दाकिनी हाइड्रोपावरले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत, रु रु जलविद्युत परियोजनाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत, अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्टले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
अपी पावर कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत, सगरमाथा जलविद्युतले चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत, विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँको ८ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन् ।
युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर, माउन्टेन इनर्जी नेपालले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
सानिमा माइ हाइड्रोपावरले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशतऽ राधी विद्युत कम्पनीले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत, नेपाल हाइड्रो डेभलपरले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
लगानी, उत्पादन तथा प्रशोधन कम्पनी
हाथवे इन्भेष्टमेन्ट नेपालले चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गरेको हो ।
सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँको ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
नेपाल ल्यूव आयलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत र युनिलिभर नेपालले १ हजार ७१४ प्रतिशत लाभांश वितरण गरेका हुन् ।
बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५० प्रतिशत नगद, हिमालयन डिस्टिलरीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत र शिवम् सिमेन्टले चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
लघुवित्त संस्थाको लाभांश
गुराँस लघुवित्तले चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।
आशा लघुवित्तले चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गरेको हो ।
स्वावलम्बन लघुवित्तले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश गरेको छ ।
आरएसडिसी लघुवित्तले चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत अर्थात् ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
सपोर्ट लघुवित्तले चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँको १३.७७ प्रतिशतका दरले १ करोड ४८ लाख २४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशतका दरले ७ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १४.५० प्रतिशत अर्थात् १ करोड ५६ लाख ४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
नेशनल लघुवित्तले चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रुपैयाँको १४.२५ प्रतिशका दरले १६ करोड ६० लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ८७ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् १७ करोड ४८ लाख २८ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
सुर्याेदय वोमी लघुवित्तले चुक्ता पुँजीको ६ प्रतिश बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
जीवन विकास लघुवित्तले चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँको १४ प्रतिशतका दरले १८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशतका दरले ९९ लाख २९ हजार रुपैयाँ नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
साना किसान लघुवित्तले चुक्ता पुँजीको १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत, छिमेक लघुवित्तले चुक्ता पुँजीको ८ प्रतिश बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत, मिथिला लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिश बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
कालिका लघुवित्तले चुक्ता पुँजीको ९.५ प्रतिश बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत र डिप्रोक्स लघुवित्तले चुक्ता पुँजीको ९.५ प्रतिश बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् ।
जीवन बीमा कम्पनीको लाभांश
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको हो भने सुर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
२९ वटा म्युचुअल फण्डको लाभांश
मर्चेन्ट बैंकहरूले सञ्चालन गरिरहेका विभिन्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरूमध्ये २९ वटा म्युचुअल फण्डले गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेका भएका हुन् । पुँजी बजारमा ३६ वटा म्युचुअल फण्ड सूचीकरण भई कारोबारमा छन् । अझै ७ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्न बाँकी रहेको छ ।
लक्ष्मी सनराइज क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
यस्तै, एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डका इकाईधनीलाई गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेको छ । एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ प्रतिफल वितरण गरेको हो ।
यस्तै, कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।
यस्तै, सानिमा क्यापिटलका सानिमा इक्विटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत अर्थात् ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत अर्थात् ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।
यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशत अर्थात् ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डले १० प्रतिशत र प्रभु स्मार्ट फण्डले ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
यस्तै, सिटिजन्स क्यापिटलका सिटिजन्स म्युचुअल फण्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत, एनएमबि क्यापिटलका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ले १० प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् ।
सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ, एनआइएमबि एस क्यापिटलको एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत, ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले ५ प्रतिशत र हिमालयन क्यापिटलले हिमालयन ८०–२० ले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
सूचीकृत नभएका कम्पनीको लाभांश
पुँजी बजारमा सूचीकृत नभएका विभिन्न कम्पनीले पनि गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेका छन् । एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५२.५३ प्रतिशत, सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत (३ करोड १० लाख रुपैयाँ), मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १८ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ लाभांश वितरण गरेका हुन् ।
यस्तै, एनएमबि क्यापिटलले १७ प्रतिशत, सानिमा क्यापिटलले १२ प्रतिशत, हिमालयन क्यापिटलले ७ प्रतिशत, प्रभु क्यापिटलले ७.३६ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत (६ करोड रुपैयाँ), लक्ष्मी सनराईज क्यापिटलले १५.७९ प्रतिशत (७ करोड ७१ लाख ९४ हजार रुपैयाँ), नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ र एनआईएमबि एस क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
यस्तै, नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश, सिविआईएल सेक्युरिटिज (ब्रोकर नं ९१) ले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ, सुनधारा सेक्युरिटिज (ब्रोकर नं ५२) ले ११ प्रतिशत नगद, क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नम्बर ६२)ले ४ प्रतिशत र इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं ४५) ले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएका हुन् ।
यस्तै, केयर रेटिङ्गस नेपालले चुक्ता पुँजीको ६० प्रतिशत, इक्रा नेपालले ५७.३९ प्रतिशतका दरले ४ करोड १३ लाख २५ हजार १७२ रुपैयाँ नगद, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले ५ प्रतिशत, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।
यस्तै, चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १७ करोड २५ लाख रुपैयाँको ५ प्रतिशतका दरले ८६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ४ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको हो ।
यस्तै, पूर्वाञ्चल ल्यूव आयलले ०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ हजार रुपैयाँ, शिवम होल्डिङ्ग्सले चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ, मारूती सिमेन्ट्सले ४ प्रतिशत, आशुतोष इनर्जीले ५.२६३ प्रतिशत अर्थात् २ करोड ५२ लाख ६३ हजार रुपैयाँ, सानिमा लिमिटेडले ७५.७४ प्रतिशत, मेडिकेयर हस्पिटलले १५ प्रतिशतका दरले ६ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएका हुन् ।
नेशनल फण्ड म्यानेजमेन्टले चुक्ता पुँजी ८१ करोड रुपैयाँको ५ प्रतिशतका दरले ४ करोड ५ लाख रुपैयाँ नगद, कोष व्यवस्थापन कम्पनीले १५.७८९५ प्रतिशतका दरले ४९ लाख २ हजार ३२३ रुपैयाँ नगद, आध्यान्त फण्ड म्यानेजमेन्टले ३.७५ प्रतिशत नगद, इमर्जीङ भेन्चरले १० प्रतिशत, लक्ष्य होल्डिङ्गसले ५.२५ प्रतिशत बोनस सेयर र नेशनल बैंकिङ्ग इन्स्टिच्युटको ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।
लक्ष्य क्यापिटलले ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत, नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ लाभांश, सेन्चुरी इनर्जीले चुक्ता पुँजीको करसहित ८.५ प्रतिशत, पावर ट्रान्समिसन कम्पनी नेपालले चुक्ता पुँजीको करसहित १८ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.