२०८१ पुष २ गते १०:१६ विकासन्युज
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७.८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६.३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश ७.५ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतले हुने आउने ५२ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन् ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.