घरजग्गाकाे काराेबारसँगै राजस्व पनि बढ्याे, मसिंरमा ३ अर्ब ८७ कराेड संकलन

  २०८१ पुष २ गते १२:४८     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को मसिंर महिनामा घरजग्गाको काराबार बढ्सँगै त्यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको छ । चालु आवको मसिंर महिनामा गत आवको सोहि अवधिको तुलनामा घरजग्गाबाट संकलन हुने राजस्व ३५ प्रतिशतले वृद्धि भएको भुमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागकाअनुसार चालु आवको मसिंरमा ३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गते आवको सोहि अवधिमा २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आवको मसिंर महिनामा घरजग्गा सम्बन्धी १ लाख २८ हजार ३८२ पटक कारोबार भएको छ जसमध्ये ४३ हजार ३७९ पटक लिखत पारित भएको छ । गत आवको मसिंर महिनामा १ लाख २७ हजार ६३९ पटक कारोबार भएको थियो । जसमध्ये ४१ हजार ८५१ पटक लिखत पारित भएको थियो ।

मसिंर महिनामा ४६ हजार २९६ वटा कित्ता कित्ताकाट भएर १ लाख १ हजार ७४१ वटा कित्तामा विभाजन गरिएको छ । गत वर्षको मसिंरमा ४८ हजार ५१३ वटा कित्तालाई कित्ताकाट गरेर १ लाख १० हजार ८३ कित्तामा विभाजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.