सांग्रिलाबाट ३ जना सेयरधनी बाहिरिँदै, कुमारी बैंकका सेयरधनीले पनि बिक्रीमा राखे सेयर

  २०८१ पुष ३ गते ७:४७     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट तीन जना सेयरधनी बाहिरिने भएका छन् । बैंकको संस्थापक समूहतर्फको सेयर बिक्री गरेर तीन जना सेयरधनी बाहिरिने भएका हुन् ।

बैंकका अनुसार रामहरि केसीले आफ्नो नाममा रहेको १५ हजार २०७ कित्ता, जिवन ज्योति श्रेष्ठको ३ हजार ६७ कित्ता र नारायण बहादुर गुरुङ्गको २४ हजार ८५२ कित्ता गरी कुल ४३ हजार १२६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनीले २० हजार १०८ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

दुइटै बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.