सांग्रिला डेभलमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०८१ पुष ३ गते १०:२४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कुल लाभांशमध्ये ३.६५ प्रतिशतका दरले बोनस सेयर र ०.१९ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो ।

बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.