२०८१ पुष ३ गते १०:३२ विकासन्युज
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०र/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
संस्थाको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कुल लाभांशमध्ये १४.२५ प्रतिशतका दरले बोनस सेयर र ०.७५ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो ।
सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.