२०८१ पुष ३ गते ११:१९ विकासन्युज
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक विरुद्ध हालेको रिट खारेज भएको छ । बैंकको ऋण तिर्न आनाकानी गर्दै आएका विवादित मेडिकल व्यवसायी प्रसाईंले बैंक विरुद्ध हालेको रिट उच्च अदालतल विराटनगरले मंगलबार खारेज गरेको हो ।
बैंकबाट ऋण लिएर पूर्वाञ्चल क्यान्सर हस्पिटल र बी एण्ड सी मेडिकल कलेज र होटल लगायतमा लगानी गरेका छन् । तर, बैंकहरूले ऋण असुली प्रक्रिया अघि बढाउँदा उनी अदालतमा मुद्धा हालेर अन्तरिम आदेर माग्थे ।
उनले विभिन्न जिल्ला अदालतमा मुद्धा हालेर अन्तरिम आदेश समेत पाएका थिए । उक्त मुद्धाहरू उच्च अदालतसम्म पुगेका हुन् । तर, उच्च अदालतले खारेज गरेपछि बैंकहरूलाई ऋण असुली गर्न बाटो खुलेको छ ।
प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगानी गरेका छन् ।प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक÷एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.