मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

  २०८१ पुष ४ गते ९:०७     विकासन्युज

काठमाडौं । मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि मंगलबार बझाङको धमेना केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।