२०८१ पुष ४ गते १०:०९ विकासन्युज
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ ।
संस्थाको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ ।
संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०र/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.