२०८१ पुष ४ गते १०:२१ विकासन्युज
काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सो लाभांश पारित गर्न कम्पनीले पुस २६ गते रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.