२०८१ पुष ४ गते ११:०१ विकासन्युज
काठमाडौं । नेप्सेमा सूचीकृत थप ३ कम्पनीहरूले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् ।
पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठक र पुस ४ गते बसेको विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । यी कम्पनीहरूले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.