२०८१ पुष ४ गते १८:१४ विकासन्युज
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले पाउने बोनस १३७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आवको तुलनामा १३७ प्रतिशत बढी बोनस वितरण गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको आव २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीले कर्मचारीहरूका लागि ११ करोड ७० लाख २८ हजार रुपैयाँ बोनस बाँडेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ९३ लाख ५३ हजार रुपैयाँ बोनस बाँडेको थियो ।
गत आवमा कम्पनीको तलबवापतको खर्च पनि १२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको तलबवापतको खर्च १९ करोड ८९ लाख ५२ हजार रुपैयाँ थियो । गत आवको कम्पनीले तलबवापत २२ करोड २८ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।
गत वर्ष कम्पनीले कर्मचारी बेनिफिटका लागि कुल ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा यस्तो खर्च ६२ करोड ६२ लाख ४१ हजार रुपैयाँ थियो ।
कुन शीर्षकमा कति खर्च ?
भत्तावापत १८ करोड २८ लाख, पर्व भत्तावापत २ करोड ९३ लाख ९५ हजार, उपदानवापत ३८ लाख ११ हजार, बिदावापत २ करोड ९१ लाख ५२ हजार, सञ्चय कोष र सामाजिक सुरक्षा कोषका लागि २ करोड ६३ लाख ८९ हजार, उपदान खर्चवापत ९७ लाख ३९ हजार, बिदाको नगद भुक्तानीवापत १ करोड २ लाख ९८ हजार, टर्मिनेशनवापत २ करोड ३७ लाख, तालिम खर्चवापत ७२ लाख ७१ हजार, पोशाक खर्चवापत २७ लाख ९९ हजार, कर्मचारीको बीमावापत १ करोड ३९ लाख ९१ हजार र कर्मचारी कल्याणका लागि १६ लाख ६ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।
यसैगरी, कर्मचारी अनुदानवापत ८७ लाख ५८ हजार, अन्य सुविधावापत १८ लाख ८३ हजार, आउटसोर्स गरिएको कर्मचारी खर्च १ करोड ९७ लाख १९ हजार, प्रिपेड कर्मचारी लाभहरूको परिशोधनवापत १ करोड ५६ लाख ६८ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.