कलश स्टक मार्केट कारोबार रकममा पहिलो नम्बरमा, एकैदिनमा गर्‍यो ४५ करोड बढीको कारोबार

  २०८१ पुष ५ गते १०:२५     विकासन्युज

काठमाडौं । कलश स्टक मार्केट (ब्रोकर नं ७४) कारोबार रकममा पहिलो नम्बरमा रहेको छ । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोबार तथ्यांकअनुसार धितोपत्र कारोबार गर्ने दलालहरू मध्ये कारोबार रकमको आधारमा प्रथम पटक एक नम्बरमा रहेको छ ।

बिहीबार ब्रोकरले ४५ करोड ९ लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेको कम्पनीका अध्यक्ष प्रदिप केसीले बताए ।

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो ।

कम्पनीले हाल काठमाडौं मनपा १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.