डिप्रोक्स लघुवित्तको साधारण सभा पुष २६ गते

  २०८१ पुष ५ गते १०:४८     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुष २६ गते शुक्रबार चितवनमा बिहान १० बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले पुष १७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले पुष १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा भाग लिन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.