टेस्लाको मार्केट क्याप १. ४ ट्रिलियन डलर, विश्वव्यापी अटो उद्योगको झण्डै आधा

  २०८१ पुष ५ गते १८:२७     विकासन्युज

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको विद्युतीय सवारीसाधन (ईभी) निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ । यो वृद्धिसँगै यसको बजार मूल्य (मार्केट क्याप) १.४ ट्रिलियन डलर पुगेको छ, जुन विश्वव्यापी अटो उद्योगको कुल बजार आकारको झण्डै आधा हो ।

गत वर्ष विश्वव्यापी अटोमोटिभ उद्योगको आकार करिब ३.४ ट्रिलियन डलर थियो । आगामी १० वर्षमा ६.८ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । टेस्लामा मस्कको लगभग २३ प्रतिशत सेयर छ ।

यद्यपि, हालैका दिनहरूमा टेस्लाले चिनियाँ ईभी कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । अक्टोबरमा चिनियाँ कम्पनी बीवाईडीले टेस्लाभन्दा धेरै गाडी उत्पादन गर्‍यो । नोभेम्बरको तथ्याङ्कअनुसार नोभेम्बरमा विश्वमा बिक्री हुने कुल ईभीमा चीनको हिस्सा ७० प्रतिशत थियो ।

यति हुँदाहुँदै पनि बजार पुँजीको हिसाबले विश्वको कुनै पनि अटो कम्पनी टेस्लाको नजिक छैन । जापानको अग्रणी अटो कम्पनी टोयोटा यस सूचीमा २३१ अर्ब डलरको साथ दोस्रो स्थानमा छ ।

चिनियाँ कम्पनी बीवाईडी १०७ अर्ब डलरका साथ तेस्रो स्थानमा छ भने ९८ अर्ब डलरका साथ शाओमी चौथो स्थानमा छ ।

इटालीको अग्रणी अटो कम्पनी फेरारी ८१ अर्ब डलर पाँचौं, मर्सिडिज बेन्ज (६३ अर्ब) छैटौं, पोर्श (५८ अर्ब) सातौं, जनरल मोटर्स (५१ अर्ब) नवौं र फक्सवागन (४८ अर्ब) डलर) दशौं स्थानमा छ।

भारतको महिन्द्रा एन्ड महिन्द्रा सूचीमा ११ नम्बरमा छ । यसको मार्केट क्याप ४४ अर्ब छ । देशको सबैभन्दा ठूलो अटो कम्पनी मारुति सुजुकी ४२ अर्ब डलरको बजार पुँजीका साथ यो सूचीमा १२ नम्बरमा छ ।

टाटा मोटर्स ३५ अर्ब डलरको मार्केट क्यापको साथ १७ नम्बरमा छ । फोर्ड (४१ अर्ब) १३ औं, स्टेलान्टिस (४१ अर्ब) १४ औं, होन्डा (४० अर्ब) १५ औं र हुन्डाई (३७ अर्ब) १६ औंमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.