सेतीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

  २०८१ पुष ७ गते १३:१५     विकासन्युज

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.