सेयर बजारमा ४ अर्ब बढीको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट

  २०८१ पुष ७ गते १५:२३     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आइतबार सेयर बजारमा ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । पछिल्ला दिनहरूमा सेयर बजार घटिरहेको छ ।

आज ३१९ कम्पनीको ९१ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । रिभर फल्सको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै, जानकी फाइनान्स कम्पनीको १२ करोड ९९ लाख, पीपुल्स पावरको ९ करोड १२ लाख, नेपाल फाइनान्सको ८ करोड २९ लाख र भुगोल इनर्जी डेभलपमेन्टको ७ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र पीपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

२ वटा उपसूचकबाहेक बाँकी सबै उपसूचक राताम्मे रहेको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.