पाँच महिनामा ६ खर्ब ६१ अर्बको आयात, ७३ अर्बको निर्यात

  २०८१ पुष ७ गते १६:११     विकासन्युज

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा तीन प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । नेपालले पाँच महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ८५ अर्ब २१ करोड राजश्व संकलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको मंसिर मसान्तसम्ममा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा १६.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनामा नेपालको विभिन्न देशसँगको व्यापारघाटा ५ खर्ब ८७ अर्ब ८२ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.